आज स्टेडियममा हुनेछन् ४० हजार अर्जेन्टिनी नागरिक
पाेखरा | पुस ३, २०७९
फुटबल विश्वकपको फाइनल आज कतारको लुसेलस्थित स्टेडियममा हुँदैछ । नेपाली समयानुसार खेल पौने ९ बजेदेखि सुरु हुनेछ । यस स्टेडियमको क्षमता करिब ९० हजार रहेको बताइएको छ ।
यही रंगशालामा २२ औं विश्वकपको उपाधि जित्न पूर्वविजेता फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ ।
यसपटकको खेलमा दुबै देश इतिहास रच्न चाहन्छन् । फ्रान्स उपाधि दोहोर्याउन चाहन्छ भने अर्जेन्टिना र मेस्सी दुबै ‘नाम’ राख्न चाहन्छन् । त्यसो त फ्रान्सको तुलनामा अर्जेन्टिनाको विश्वव्यापी फ्यान धेरै छन् ।
विश्वमै लायोनेल मेस्सीका फ्यान छन् भने देशभित्र पुरै जनसंख्या छ । यही जनसंख्याबाट करिब ४० हजार अर्जेन्टिनी आजको फाइनल हेर्न र टीमलाई समर्थन गर्न लुसेलमा हुनेछन् ।
३५ वर्षे मेस्सीसँगै ३६ वर्षपछि उपाधि जित्न अर्जेन्टिनीहरु कतारमा उर्लिदा त्यहाँको सडक उनीहरुको अधिनमा रहेको देखिएको छ । र, आज तिनै ४० हजार देशवासीसँगै मेस्सीले पनि गाउँनेछन् ‘मुचाचो, अहोरा नो भोल्भिमो आ इलुजिना ...’ जसको सार छ, हामी आशावादी छौं, तेस्रो पटक जित्छौं, हामी च्याम्पियन हुनेछौं ।
कतारको लुसेलमा जम्मा भएका अर्जेन्टिनीमध्ये ठूलो संख्या राजधानी ब्यूनस आयर्सबाट कतार पुगेका हुन् । टिम फाइनलमा पुगेपछि टिकटमा कालोबजारी भएको भन्दै उनीहरुले कतारस्थित दूतावासमा गुनासोसमेत गरेका छन् ।
अधिकाँश समर्थकहरु यस फाइनललाई अविस्मरणीय क्षण भन्दै सडकमा नाच्न, गाउँन व्यस्त छन् । जसमध्ये मट्टियाज भन्छन्, ‘मेरो देश अब कहिले फाइनलमा पुग्छ र म हेर्न पाउँछु वा पाउँदिन थाहा छैन, म खेलको अन्त्यसम्म खुशी मनाइरहनेछु ।’
‘डोन्ट कल मी फेक फ्यान’ भन्ने उनको गीत पनि सामाजिक सञ्जालमा हेर्नेको संख्या ह्वात्तै बढेको छ ।
करिब १३ हजार किलोमिटर टाढाबाट उपाधि चुम्न आएका ४० हजार अर्जेन्टिनीको सपना आजको रात पुरा होला त ?
– एजेन्सीको सहयोगमा ।
रसुवा: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ। आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभ...
काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

